तुलसीपुर,वैशाख १४ ।
तुलसीपुर उपमहानगरपालिकाले शिक्षक, सहयोगी कार्यकर्ता तथा विद्यालय कर्मचारी छनौट परीक्षा सञ्चालन कार्यविधि २०७५ पारित गरेको छ । कार्यपालिकाको २९ औ वैठकले कार्यविधि पारित गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिएका छन् ।
कार्यविधि पारित गरेसँगै अव सामुदायिक विद्यालयहरुमा शिक्षक र कर्मचारीहरुको रिक्त रहेको पदको पूर्ति गर्ने वाटो खुला भएको छ । उपमहानगरपालिकाले विभिन्न ऐन, नियमावलि र कार्यविधिहरु निर्माण गरेर पछिल्ला समय पारित गरिरहेको छ । आइतवार वस्ने कार्यपालिकाको वैठकले थप कानुनहरु पारित गर्ने प्रवक्ता डाँगीले वताए ।
प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार