तुलसीपुर,१४ बैशाख ।
तुलसीपुर उपमहानगरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेले समाज परीवर्तनमा रेडियोको भुमिका महत्वपुर्ण हुने बताएका छन । तुलसीपुर उपमहानगरपालीकाको आयोजनामा आज देखि सुरु भएको रेडियो कार्यक्रम उत्पादन तथा ब्यवस्थापन कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेले यस्तो बताएका हुन ।
सामुदायिक रेडियोकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक रेडियोकर्मीका लागि दुईदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । समाजले रेडियोबाट गरेको आशा लाई भुल्न नहुने उनको भनाई थियो ।
यसका साथै समाजमा दविएर रहेका आवाजहरुलाई बुलन्द गर्न रेडियोले भुमिका खेल्नुपर्ने उनले बताएका थिए । साथै यँहाका सञ्चार माँध्यमहरुलाई ब्यवस्थित गरीने उनले बताएका थिए ।
उपमहानगरका प्रेस संयोजक बसन्त विवश आचार्यको अध्यक्षतामा भएको उद्घाटन अवसरमा कान्तीपुर दैनिकका उप सम्पादक दुर्गालाल केसी,अकोराव प्रदेश ५ का सचिव सँगित बस्याल,रासस प्रमुख नारायणि रजौरे ,रिर्पोटस क्लवका अध्यक्ष शरद रेग्मी लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण बसन्त पौडेलले गरेका थिए ।
भोलिसम्म चल्ने कार्यशालाको सहजिकरण सामुदायिक सूचना नेटवर्क (सीआईएन)का वरिष्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले गरिरहेका छन ।