तुलसीपुर,१३ बैशाख ।
विनासकारी भुकम्पमा परी ज्यान गमाएकाहरुको सम्झनामा दाङको तुलसीपुरमा दिप प्रज्वलन गरीएको छ ।
म्याजीकल कण्डम एण्ड सर्जीकल हाउस तुलसीपुरको आयोजनामा तुलसीपुर जेसीज चौकमा दिप प्रज्वलन गरीएको थियो ।
हाउसका प्रोप्राइटर बुद्धि सापकोटाको अध्यक्षता तथा तुलसीपुर नगर जेसीजका अध्यक्ष दिपेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएका थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बिनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुका आत्माको चीर शान्तीको कामना गरेका थीए ।
उनीहरुले भुकम्प गएको ३ बर्ष पुग्दा सम्म सरकारले भुकम्प पीडीतहरुको उचीत ब्यबस्थापन गर्न नसकेको प्रती चिन्ता ब्यक्त गरेका थीए । सो अबसरमा रेडीयो संजीवनीका सहायक स्टेसन मैनेजर चेतन रेग्मी, जेसीजका पूर्व अध्यक्ष बिमल पौडेल,सदस्य सितल स्वर्णकार, लगाएतले बोलेका थीए ।
हाउसका सदस्य चेतन कडेलले धन्यबाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण म्यानेजर दिपक भण्डारीले गरेका थीए । गोर्खाको बारपाक केन्द्रविन्दु भएर ०७२ साल बैशाख १२ गते विनाशकारी भूकम्प गएको थीयो ।