दाङ, १२ बैशाख,
पर्वतमा ७७ वर्षिया वृद्धालाई बलात्कार गरेको अभियोगमा १९ बर्षिय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका–३, देउपुर का १९ वर्षीय शंकर परियार छन् । परियारले गत ५ वैशाखमा राति घरमा कोही नभएको मौका छोपेर स्थानीय ७७ वर्षीय वृद्धालाई जबरजस्तीकरणी गरेको पिडितले प्रहरीमा जाहेरी दिएका छन् ।
उनलाई इलाका प्रहरी चौकी, देउपुरबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत, पर्वतबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालेको बताईएको छ ।
प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार