तुलसीपुर ११ बैशाख
करिब ३ बर्ष पछि वन मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहागनरपालिका १० राईखल्यान निवासी २७ बर्षका रामलाल भन्ने बिक्की चौंधरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिहले जानकारी दिइन । दाङ देउखुरी जिल्ला अदालतले चौधरीलाई १४ फागुन २०७१ मा ६ महिना कैद र ३५ हजार ६ सय ८० रुपैयाँ जरीवानको सजायको फैसला गरेको थियो ।
प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार