कांग्रेसको बैठक १३ गते सकिने

तुलसीपुर,११ बैशाख ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक १३ गते सकिने भएको छ । बैठकमा नेताहरुले चुनावी समिक्षमा भनाई राखिरहेका छन् । गत चैत ९ गते सुरु भएको भएपनि बैठक जम्मा ८ पटक मात्रै बसेको छ । बैठकमा आफ्नो धारणा राख्ने केन्द्रीय सदस्यले समीक्षा बैठकको छलफल छोट्याएर साझा धारणासहित एकताबद्ध सन्देश दिनुपर्ने आवाज उठाएपछि बैठक समापन गर्ने तयारी गरिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा आएका भनाईलाई आधार मानेर नयाँ बाटो तय गर्ने बताउनुभयो । उहाँले पदाधिकारी मनोनयन लगायतका विषयमा पनि वैठकले निणैय गर्ने जानकारी दिनुभयो । बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच आरोप–प्रत्यारोप चलेको छ । आजको बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया