लक्ष्मण विश्वकर्मा,तुलसीपुर ११ बैशाख ।
पारिवारिक निजि वन संघ नेपाल दाङ शाखाको प्रथम अधिबेशनको तुलसीपुरमा सम्पन्न गरीएको छ । अधिबेशनको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बनलाई समृद्धि संग जोडुनपर्ने बताएका थिए ।
बन क्षेत्रलाई राजनितिक उद्देश्य संग जोडिएको भन्दै अब बनलाई राष्टिय समृद्धि,जिविकोपार्जन र रोजगारीको रुपमा प्रयोग गर्नुपर्ने बताएका छन । वनको दिगो व्यवस्थापनलाई ध्यान दिदै बन पैदावर उत्पादन गरी स्थानिय र राष्टिय अर्थतन्त्र बलियो बनाउन जरुरी रहेको उनले बताएका छन् ।
संघका अध्यक्ष मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष जोगराज गिरीले आफनो जग्गाको स्वामत्विमा भएका काठहरु स्वतः प्रयोग गर्न पाउनुपर्ने बताएका छन् । आफनो निजि क्षेत्रमा हुर्काएका रुखका काठहरु आफैले सजिलै संग काट्न र विक्रि गर्न पाउनुपर्ने नैसर्गिक अधिकार भएको उनले बताएका छन् ।
कार्यक्रममा अन्य सहभागीहरुले नीहरुले राज्यले निजि क्षेत्रमा भएका रुखका काठहरु प्रयोग गर्न झन्झटिलो कानुन बनाएको भन्दै यसप्रति सरकारले ध्यान दिनुपर्ने बताएका छन् । सो अवसरमा नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रामजी चौधरी, पारिवारिक निजि वन संघ बर्दिया शाखाका अध्यक्ष बलराम भट्राई,नेपाल रेडक्रस सोसाईटी दाङका जिल्ला सभापति नारायण प्रसाद आचार्य,धनौरी बन ईलाका सेक्टर कार्यालयका धुव्र गौतम, सामुदायिक बन उपभोक्ता महासंघ दाङका सदस्य खेमलाल महतरा, राधा आचार्य लगाएतले वोलेका थिए ।
संघका कोषाध्यक्ष धन बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम केसीले गरेका थिए ।