तुलसीपुर, १० बैंशाख ।
पारिवारिक निजि वन संघ नेपाल दाङ शाखाको आज तुलसीपुरमा सम्पन्न भएको प्रथम अधिबेशनले पदम केसीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । केसीको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्यसमिति चयन गरीएकोे छ । जसको उपाध्यक्षमा जया पाण्डे, सचिवमा भिमार्जुन रेग्मी, उपसचिवमा बसन्ता सापकोटा, कोषाध्यक्षमा धन बहादुर केसी चयन भएका छन् ।
त्यस्तैगरी सदस्यहरुमा मंगल विक, देवी पोख्रेल, टोप बहादुर वली, श्रीधर डाँगी, भिम वली, छवि चौधरी, मान बहादुर बस्नेत, कमलमणि न्यौपाने, लोकराज पुन, टिका भण्डारी, सुरेस आचार्य, महेन्द्र चौधरी, राधिका न्यौपाने र दिलमाया कौशल रहेका छन् ।
प्रकाशित मिति : २०७५ बैशाख १० गते सोमवार