मिना बुढाथोकी, सल्यान १० बैशाख ।
अबैध गाँजा लाई खेतको डिलमा संरक्षण गरि राखेको बोटहरु नष्ट गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको रेशमव्युला भन्ने स्थानमा खेतमा पालेर राखेको गाँजा प्रहरीले नष्ट गरेको छ । लागु पदार्थ न्युनिकरण गर्ने तथा जिल्लामा रहेका युवाहरुलाई कुलतबाट जोगाउन लाई प्रहरीले यस्तो कदम चालेको छ ।
ईलका प्रहरी कार्यालय सल्यानका प्रहरी ईन्चार्ज ज्ञानेन्द्र शर्माको नेतृत्वमा गएको टोलीले गाँजा खेतीको फडाँनी गरेको हो । सो क्षेत्रमा उत्पादन भई रहेको करिब दुई ट्याक्टर गाँजाको बोट नष्ट गरिएको ईन्चार्ज शर्माले बताए । इलाका प्रहरी ईन्चार्ज शर्माको नेतृत्वमा ९ जना जवानहरुले त्यहाँ रहेको बोटहरु काटेर आगो लगाई जलाएको र बाँकी रहेकोलाई खोलामा लगेर बगाएको उनले बताए ।
पछिल्लो समय जिल्लामा लागु पदार्थ न्युनिकरणमा प्रहरीले सक्रियता देखाउन थालेको छ । लागु पदार्थ सेवन बाट विभिन्न अपराधिक कृयाकलाप भई रहेकाले यस्को न्युनिकणमा लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपि भरत बहादुर विकले बताए ।