तुलसीपुर ९ वैशाख
नेकपा एमाले तुलसीपुर वडा नम्बर ९ ले नेकपा कम्युनिष्ट पार्टिको ६९ औ स्थापना दिवसको अबसरमा अन्र्तकृया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले जनताको समृद्धिको चाहनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कम्युष्टि पार्टि स्थापना नै जनताको समृद्धिका लागी भएको भन्दै वक्ताहरुले अहिले देशमा वलियो कम्युनिष्ट सरकार हुनुलाई अबसरका रुपमा लिनुपर्ने बताएका हुन् । अहिले पनि जनतालाई लालपुर्जा,वत्ती पानी,शिक्षा ,स्वास्थ्य र रोजगारकै समस्या रहेको भन्दै वक्ताहरुले यस्ता समस्याहरु समाधन तर्फ स्थानिय ,प्रदेश र केन्द्र सरकार लाग्नुपर्नेमा जोडदिएका हुन् । गरिखाने वर्गलाई परिरहेको समस्याहरु समाधानमा जिम्मेवार रुपमा प्रस्तुत हुनु कम्युनिष्ट सरकारको चरित्र भएको वत्ताहरुले वताए । वक्ताहरुले स्थानिय स्तरका समस्याहर समाधानमा वडा कमिटिले आवस्यक पहल गर्नुपर्नेमा जोड समेत दिएका छन् ।
वडा कमिटिका अध्यक्ष मुक्ति प्रसाद भट्टराईको अध्यक्षता एवम् जिल्ला सल्लाहकार सदस्य लाल बहादुर गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका नेता चुर्ण सुनार,जिल्ला सदस्य वामदेव भुसाल,नगर सदस्य विनोद भण्डारी,सल्लाहकार गिरीराज न्यौपाने,चक्र बहादुर योगी,झुपलाल खत्री,शालिकराम न्यौपाने,गोपाल भण्डारी लगाएतले बोल्नुभएको थियो । वडा कमिटिका उपाध्यक्ष चिन्तामणी भुसालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव संगीत बस्यालले गर्नुभएको थियो ।नेपाल कम्यिुनिष्ट पार्टिको २००६ साल वैशाख १० गते स्थापना भएको थियो । अहिले देशमा नेकपा एमाले र माओवादि केन्द्र सम्मीलीत बलियो कम्युष्टि सरकार छ ।