स्वास्थ्यकर्मी दोर्ण वलीको घरमा चोरी

तुलसीपुर, ९ बैशाख

तुलसीपुरमा स्वास्थ्यकर्मीको घरमा चोरी भएको छ । चोरले तुलसीपुर ६ स्थित रजौरामा रहेको स्वास्थ्यकर्मी दोर्ण वलीको घरमा पसी ११ आनाको सुनको ब्रास्लेट, ४० हजार नगद, सोलारको कनभर्टर , घडी, सहित एक लाखको चोरी गरी लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । स्वास्थ्यकर्मी वली घरमा नभएको मौका छोपी चोर घरमा प्रवेश गरेका थिए ।

घरमा चोरी भएको शनिबार विहान मात्रै थाहा भएको थियो । ‘म गाउँमा गएको थिए, विहान घरमा अउनेबेलामा गेट खुलेको देखें,’ वलीले भने ‘मनमा संका पनि लाग्यो नभन्दै माथि कोठामा गएर हेर्दा त दराजको लकर खुलेको लुगा यत्रतत्र फालेको रहेछ ।’ वलीलका अनुसार चोरे सोलार समेत तोडफोड गरेर क्षेति पु¥याएको छ । चोरले गेटको ताला फोडी भित्र प्रवेश गरेर दराजमा रहेको लकर खोलेर चोरी गरेको पिडित वलीले जानकारी दिनुभयो । यता इलाका प्रहरी कार्यालय तुलसीपुरले चोरीमा संलग्न रहेकाहरुको खोजीकार्य जारी रहेको बताएको छ । घनटनाका सम्बन्धमा अनुसन्धान गरीरहेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक प्रकाश सापकाटोले छिटै पक्राउ गरीने बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७५ बैशाख ९ गते आइतवार
प्रतिक्रिया