तुलसीपुर ८ बैशाख
जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजनामा सवारी दुर्घटना न्युनिकरण गर्ने उद्देश्ये दुई दिने जनचेतनामुलक कार्याशाला गोष्ठि सल्यानमा सम्पन्न भएको छ ।
गोष्ठिमा कक्षामा सवारी ऐन नियमको जानकारी, ड्राईभिङ गर्दा ध्यानदिनुपर्ने कुराहरु, सकारात्मक जिवनशैली चालक सहचालकले यात्रुसंग गर्ने व्यवहार, तनाव व्यवस्थापन लगाएतका विषयमा जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख भरत विकले जानकारी दिएका छन् । गोष्ठिमा चालक, सहचालक र यात्रु गरी ४० जनाको सहभागिता रहेको थियो । गोष्ठिमा तिब्र गति र सवारी चालकको लापर्वाहीका कारण अधिकांस दुर्घटना भएको निकर्ष निकालिएको छ । सो अवसरमा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको पनि सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार