काठमाडौं,८ वैशाख ।
नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर ‘उम्मेदवार मन परेको छैन’ भन्दै रुखमा भोट नहाल्नु गद्दारी भएको बताएका छन् । उनले भने, ‘यो अपराध हो । कुनै पनि बहानामा उन्मुत्ति पाउनु हुन्न ।कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन गर्दै थापाले चुनावी हारको जिम्मा नेतृत्वले लिनु पर्ने समते बताए ।
निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए । आफ्नो चुनाव क्षेत्रमा व्यहोरको हारको जिम्मेवारी लिन आफू तयार रहेको बताए । ‘चुनाव पराजयको दोष म लिन तयार छु ।
म चुनाव जितेर आएँ तर, समानुपातिकमा चुनाव जिताउन सकिनँ । प्रदेशतर्फ एक सिट जित्यौं, एउटामा हार्यौं’ काठमाडौं ४ का सांसद थापाले भने, ‘म मेरो निर्वाचन क्षेत्रको पराजयको जिम्मा लिन तयार छु ।
जरु जहाँजहाँ जिम्मा लिनु पर्ने हो तयार छु ।’उनले ०४८ सालसम्ममा ३८ प्रतिशत रहेको कांग्रेसलाई ५० प्रतिशत पुर्याउन सकेको भए अरु मिल्दा हार्यौ भनेर रोएर बस्नु पर्ने थिएन भनेका छन् ।
प्रकाशित मिति : २०७५ बैशाख ८ गते शनिवार