हिरा गौतम,तुलसीपुर,८ बैशाख ।
ग्रामिण भेगका अधिकांस महिलाहरु अझै पनि घरमै सुत्केरी हुने गरेको पाईन्छ । घरमै सुत्केरी हुदा बच्चा र आमाको स्वास्थ्य जोखिम हुन्छ भन्ने कुरा जानकारी नहुदा अझै पनि गाउँघरमै सुत्केरी गराउनेको संखया उत्तिकै रहेको स्वांस्थ्यकर्मिहरु बताएका छन् ।
राप्ती अञ्चल अस्पताल तुलसीपुरमा कार्यरत नर्सिङ प्रमुख अमृता कुमारी पुनले जनचेतनाको कमीका कारण गा्रमिण क्षेत्रका महिलाहरु घरमै सुत्केरी हुने गरेको बताएकी छिन् ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउदा बच्चा र आमा दुवैको स्वास्थ्य सुरक्षित हुने भन्दै यसबारेमा गाउँघरका महिला स्वंयम सेविकाले पनि सचेत गराउनु पर्ने उनको भनाई छ । उनका अनुसार अन्चल अस्पतालमा मासीक रुपमा डेढ सय देखी दुई सम्म महिलाहरु सुत्केरी हुन आउने गरेको बताइकी छिन् । अस्पतालमा सुत्केरी गराउनुपर्छ भन्ने खालको चेतना फैलाउन आबश्यक रहेको उनको भनाई छ ।