आज सुनको भाउ ७ सय रुपैयाँले बढ्यो

काठमाडौं,६ चैत । सुनको भाउ आज ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक लाख २५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुन तोलामा एक लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । चाँदीको भाउ तोलामा एक हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया