तुलसीपुर, ६ बैशाख
प्रतिनिधि सभा सदस्य मेटमणी चौंधरीले नमस्ते यातायात प्रालिले राज्यको नीतिलाई सघाउने काम गरेको बताउनुभएको छ । बिहिबार देखि सेवा आरम्भ गरेको नमस्ते राप्ती यातायात प्रालिकोे तुलसीपुरमा उद्घाट गर्दै सदस्य चौधरीले यातायात क्षेत्रमा देखिएको एकलौटी सिन्डीकेटका विरुद्धको राज्यको अभियानमा सघाएर धन्यवादको पात्र भएको बताउनुभयो ।
‘नेपाल सरकारको प्रतिनिधिको हैसीयतका रुपमा उपस्थित भएको छु,’ सदस्य चौधरीले भन्नुभयो, ‘मैले गर्नु पर्ने सम्पूर्ण साथ र सहयोगमा नमस्ते प्रा.लिलाई कुनै कन्जुस्याँई हुने छैन । ’ मुनाफा मात्रै भन्दा पनि जनतलाई सेवा दिने काममा लाग्न आग्रह गर्दै उहाँले जनताको मन जितेमा मात्रै यातायात क्षेत्रमा सफल हुन सकिने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ठ अथिति तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले आफसी झगडा र बेमेल भन्दा पनि सबैसंग समन्वय गरेर यातायात क्षेत्रलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।
अपसी कलहले सफलतामा पु¥याउन नसक्ने भन्दै मेयर पाण्डेले समन्वयात्मक रुपमा यातायात व्यवसायीले स्वस्थ प्रतिस्पर्धा द्धारा यात्रुलाई सहज रुपमा सेवा दिन आग्रह गर्नुभयो ।
यात्रुलाई यात्रुमैत्री व्यववहार गरेर सौहार्दपूर्ण तवरले गन्तव्यमा पु¥याउनु पर्ने भन्दै मेयर पाण्डेले समितिका गाडि देखेपछि डाराउने भन्दा पनि भर मान्ने वातावरणको सृजन गराउनु पर्ने वताउनुभयो । सोही अवसरमा बोल्दै संघिय प्रहरी इकाई कार्यालय तुलसीपुरका प्रहरी बरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले सुरक्षाको पूर्णरुपमा प्रत्याभूत गारउने बताउनुभयो ।
आफुहरु सरकारको अंग भएको भन्दै सरकारले दिएको निर्देशनलाई पूर्णरुपमा कार्यान्वयन गर्ने बताउनुभयो । प्रालीका अध्यक्ष बामदेव खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष सुधन केसीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पत्रकार वसन्त विवस आचार्यले गर्नुभएको थियो । नमस्ते प्राललिका अहिले ५१ बस संचालनमा छन् । बिहिबार देखि दाङ काठमान्डौ, रुकुम, सल्यान, रोल्पा, दिल्ली, लगाएतका स्थानमा सवारी साधन संचालनमा ल्याएको छ । अबको एक महिना भित्र देशैभर सेवा विस्तार गर्ने प्रालिले बताएको छ । तुलसीपुरबाट काठमान्डौका लागि छुटेको ना ७ ख ५६३१ नम्बरको बस अगाडिको रिबन काटेर सेवा सुचारु गरिएको थियो ।