तुलसीपुर,६ बैशाख ।
सल्यान प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियानलाई तिव्र पारेको छ । मदिरा सेवनबाट गाँउघरमा झैझगडा हुने र अशान्ती फैलने भएकोले प्रहरीले यो अभियानलाई तिव्र पारेको छ ।
यसअघि विभिन्न ठाँउमा मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले आज त्रिबेणि गाउपालीका बाट २ हजार लिटर मदिरा,कच्चा पदार्थ बरामद गरी नष्ट गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी भरत विकले जानकारी दिएका छन ।
प्रकाशित मिति : २०७५ बैशाख ६ गते बिहिवार