‘विकासका लागि साझा पहलको आबस्यक’

घोराही,४ बैशाख ।

संघिय संसदका सभामुख कृष्णबहादुर महराले अबको गन्तव्य भनेकै संबृद्ध दाङ भएको बताएका छन । जिल्ला समन्वय समितिले आज घोराहीमा आयोजना गरेको दाङको संबृद्धीका लागि दूरदर्शी योजना विषक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले यस्तो बताएका हुन ।

उनले विकासका लागि बजेटको अभाब नहुने तर काम गर्दा हुने ढिलाईले समस्या निम्तिएको बताएका थिए । कार्यक्रममा प्रदेश नम्बर ५ का मुख्यमन्त्रि शंकर पोख्रेलले अब बिबिधता सहितको विकास आबस्यक रहेको बताउनुभयो । अभाब र पछि परेका स्थानको छनोट गरेर मात्रै अघि बढ्ने धारणा उहाँको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अब प्रकृगत ढंगबाट अघि बढ्ने र बिबादको बिषय नै नभएको स्पष्ट पानुभयो । अब केन्द्र स्तरको प्रतिष्ठान, प्रदेश स्तरको अञ्चल अस्पताल र लमही अस्पताललाई तात्कालिक उपचार केन्द्रकारुपमा बिकास गरिने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा रमेशकुमार अधिकारी र धरणिधर शर्माले जिल्लाको बिकासका लागि आधार पत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख ४ गते मङ्गलवार
प्रतिक्रिया