गणित विषयको शब्दकोष सार्वजनिक

काठमाडौं, २ वैशाख  ।

कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई उपयोगी हुने गणित विषयको शब्दकोष सार्वजनिक  भएके छ ।

सिकाई समूहले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी गणित शब्दकोष सार्वजनिक गरेको हो । गणितको शब्दकोषबाट सूत्रलाई विद्यार्थीले सरल तरिकाले बुझ्न सक्ने समूहका प्रमुख तथा शब्दकोषका सम्पादक सुदर्शन घिमिरेले बताउनुभयो ।

शब्दकोष गणित विषयका प्राध्यापक हरिनारायण उपाध्यायले लेख्नु भएको हो । शब्दकोष सार्वजनिक गर्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा र सिकाइलाई नयाँ पद्धतितर्फ लैजान गणित शब्दकोषले विद्यार्थीलाई सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा सिकाई समूहले नै पुनर्लेखन गरी प्रकाशन गरेको भारतको उडिसाका लेखक मनोज दासको साढे चार दशक अघि लेखिएको अमर पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख २ गते आइतवार
प्रतिक्रिया