तुलसीपुरकी विपना बेपता हुनुको कारण यस्तो रहेछ …

तुलसीपुर, ७ फागुन । तुलसीपुर उपमहागनरपालिका– ‘ङ’ लाइन निवासी पवन कुमार वलीकी १३ वर्षीया छोरी विपना वली आइतबार बिहान बाहिनी चोक नजिकै एक पसलमा डान्सका कपडा छोड्न गइन । कपडा छोड्न गएकी विपना घर आउनुको सट्टा उतैबाट बेपत्ता भइन् । अबेर सम्म छोरी नफर्कीएपछि घरमा रुवाबासी चल्यो । नजिकका आफन्त सबै ठाउँमा सोधिखोजी गरियो । अँह कतै अत्तोपत्तो भएन । त्यसपछि बजार भरिका सीसी क्यामरा हेर्न थालियो । बाहिनी चोकको सिसी क्यामराले बालिकालाई एक्लै बाहिनी चोकको पश्चिमको गल्ली तर्फ जाँदै गरेको देखायो । छोरी एक्लै सडकमा हिडीरहेकाले विपना कसैको कब्जामा नभएकाले कतै बाटो पो भुलाईनकी भन्ने झीनो आशा परिवारमा छायो ।

जतिजति दिन ढल्किदै जानथाल्यो त्यति त्यति परिवारहरु पनि झनपछि आतिदै जान थाले । गर्दा गर्दा साँझ झमक प¥यो तर तर कतैबाट पनि छोरी यहाँ छ भन्ने खबर आएन । त्यसपछि चारैतर्फ सामाजिक संजाल फेसबुकमा बालिका हराएको खबर फोटो सहित आउन थाल्यो । आइतबारको रात वली परिवारका लागि निकै कष्टकार पिडादायी बन्यो । समय घर्किदै गयो त्यस पछि उज्यालो भयो ।

बिहान ७ बजे विपना तुलसीपुर–११ को बनगाउँ निवासी सञ्जु खत्रीको घरमा भएको खबर घर परिवारमा आयो । अनि तत्काल घरपरिवार त्यहाँ पुगे । विपना ओछ्यानमा सुतिरहेकी थिइन । बुवा सहित अफन्त पुग्ने वित्तीकै छोरीलाई उठाए अनि छोरी रुन थालिन । केहि पनि नभनेर छोरीलाई अटोमा हालेर घरमा ल्याईपु¥यो । ‘हामी जानेबेला नानी सुतिरहेकी थिइ । हामी पुगेर उठाएपछि रुन थालि अनि बोकेर अटोमा राखेर घरमा ल्यायौं । केहि पनि सोधेका छैनौ,’ विपनाका अंकल मोहन वलीले तुलसीपुर खबरसंग भन्नुभयो ।

तुलसीपुर महोत्सवमा डान्स गर्न नपाउँदा मानसीक तनाब : आफन्त 
विपनालाई तुलसीपुर महोत्सवमा डान्स गर्ने निकै धोको थियो । महोत्सवको स्टेजमा गएर डान्स गर्ने रहर बोकेकी विपनाको तीन दिनसम्म पालो आएन । नाच्नका लागि महोत्सव जाने र घरमा आउने क्रम चलिरह्यो । तर पालो आएन । चौथो दिन बल्लतल्ल उनको पालो आयो । बढो उत्साहका साथ स्टेजमा डान्स गर्न बालिका पुगिन । जब डान्सका लागि विपना तयारी अवस्थामा थिइन । गित बज्यो र उनि डान्स सुरु गर्दै थिइन । बीचमा गित रोकियो । गित रोकिए संगै विपनाको डान्स पनि रोकियो । त्यसपछि उनि त्यहाँबाट बाहिरिइन । उदघोषकले हिन्दी गीतमा डान्स गर्न नपाइने बताएपछि उनको डान्स रोकिएको रहेछ ।
‘नानीलाई डान्समा निकै रुची थियो । फागुन ३ गते मेलामा नाच्न नपाएपछि साँझ घरमा आएर अब कहिल्यै नाच्दैन भनेकी रहीछ । त्यसको असर उसको बाल मस्तिस्ममा प¥यो । नाच्नकै लागि भाडामा ल्याएका कपडा छोड्न जाँदा उसको एकोहारो सोचाई भयो जसले गर्दा नसोचेको घटना भयो ।’ मोहन वलीले भन्नुभयो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया