रारा जाने पर्यटकलाई गाउँमै बास

मुगु, चैत ३० ।
वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ ।
रारा तालको नजिक रारा राष्ट्रिय निकुन्जको चमेना गृह (डाँफे होटल) र अर्को पाहुना घर(भिलेज हेरिटेज रिसोर्ट)ले रारा आउने पर्यटकलाई खाने बस्नेलगायत व्यवस्था धान्न नसक्ने भएकाले उनीहरूलाई जिल्ला समन्वय समितिले गाउँमै बासको व्यवस्था मिलाउने भएको छ ।
रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो ।
ती गाउँमा वर्षभरि आउने पर्यटकलाई गाउँमै बास र स्थानीय खाना खुवाउने गरी घरबास (होमस्टे)सञ्चालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छाअनुसार लिने समझदारी भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७४ चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया