तुलसीपुर, २९ चैत ।
अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रमा विकासका लागि तुलसीपुरमा हुन लागेको साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ । नयाँ बर्ष २०७५ को अबसरमा शुक्रबार तुलसीपुरमा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
साँझ ६ बजे देखि तुलसीपुरको द पार्क क्याफेमा हुने कार्यक्रमको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कार्यक्रम संयोजक अरुण लहरेको अध्यक्षता तथा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
नयाँ बर्षको अबसर पारी एलाईन नेपाल ईनिस्टिच्यूट तुलसीपुरले कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रमबाट संकलन भएको रकम मध्य ४० प्रतिसत अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासमा खर्चने लहरेले बताए । उनका अनुसार अपाङ्गता भएका ब्यक्तिहरुले खेल्ने खेल पारा टेवल टेनिसका लागि संकल भएको रकम मध्य ४० प्रतिसत छुट्याउने बताए ।
अपाङ्गता भएका ब्यक्तिहरुको खेल क्षेत्रको बिकासका लागि कार्यक्रमको आयोजना गर्न लागिएको उनको भनाई छ । कार्यक्रममा चर्चित गायक हेमन्त शर्मा, अंकित क्षेत्रि, रञ्जु सोनाम, एञ्जिला रेग्मी, औरा गुरुङ, द सल्यास ब्यान्ड, र सबिता भुषाल लगायतका कलाकारहरुले प्रस्तुती राख्ने भएका छन् ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सहसचिब सर्मिला डिसी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ दाङका सचिब सन्तोष केसीले गरेका थिए । कार्यक्रम प्रचारप्रसारको जिम्मा चलचित्र पत्रकार संघ दाङले लिएको छ ।