देवीकोट भद्राक्षीदेवी मन्दिर जान यातायात सुरु

ओमप्रकाश गुप्ता, भालुवाङ २९ चैत ।
धार्मिक स्थल भद्राक्षीदेवी मन्दिर जानका लागी गणतन्त्र मार्गमा दैनिक यातायात सुरु गरिएको छ । राप्ती गाउँपालिका र वडा नम्बर ९ को विशेष पहलमा दैनिक जान र आउनका लागी मौरीघाट श्रीनारायण चोकबाट देवीकोट भद्राक्षी मन्दिर सम्मका लागि बोलेरो जिव सञ्चालनमा ल्याइएको वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिएका छन् ।

बुधवारबाट नियमित गाडी चल्न थाले पछि त्यहाँका स्थीयबासी निकै खुसी भएका छन् । यस अघि गाडी नचलेको होइन तर आफु अनुकुल टेक्टर, जिव चल्ने गथ्यो अव नियमित गाडी चल्न थाले पछि माल समान ढुवानी गर्न र आवत जावतमा निकै सजिलो भयो देवीकोटका विरेन्द्र कार्कीले भने ।

त्यसो त कोही आकस्मिक विरामी भयो भने अस्पताल सम्म लग्न समेत धौ धौ थियो अव यो समस्या पनि केहि हद सम्म समाधान भएको कार्किले बताए । सार्वजनिक यातायात सञ्चालनका लागि पटक पटक भालुवाङ काउन्टरमा आग्रह गरे पनि विकटताको कारण देखाउदै सार्वजनिक यातायात सञ्चालन नभए पछि व्यक्तिगत सवारीधनी सँग छलफल गरि बुधवार देखि जिप संञ्चालन गरिएको वडा अध्यक्ष सुनारी मगरले बताए ।

धर्मिक रुपमा रहेको देविकोट भद्राक्षीदेवी मन्दिरमा आउने श्रद्धालु तथा स्थानीय नागरिकलाई सहजता पु¥याउने उदेश्यले यातायात सुचारु गरिएको हो । प्रत्येक दिन विहान १० बजे मौरीघाट श्रीनारायण चोकवाट देवीकोट भद्राक्षी मन्दिर आवत जावतका लागि बोलेरो जिव सञ्चालनमा ल्याइएको जिव सञ्चालक अमृत सुनार बताए ।

मन्दिर दर्शन गर्न आउने भक्तजनले सहजताका लागि वडा अध्यक्षको मोवाइल नम्बर ९८१०९४७३३० मा सम्पर्क गर्न सकिने वडा अध्यक्ष सुनारी मगरले सबैमा अनुरोध समेत गरेका छन् । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा रहेको देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानको रुपमा समेत परिचित छ । भद्राक्षीदेवी मन्दिर आराध्य देव भगवान महादेवको शक्तिको एउटा रुप मानिन्छ ।

हिन्दुहरुको धार्मिक ग्रन्थ श्री स्वस्थानी व्रत कथामा दक्ष प्रजापतिको यज्ञमा हाम फालेर सतीदेवी मरे पछि महादेवले सतीदेवीको मृत शरीर लिएर हिड्ने क्रममा जहाँ जहाँ सती देवीका अंग पतन भए त्यहाँ विभिन्न नाममा महादेवले एउटा शक्तिपीठ उत्पन्न गरेका थिए ।

सतीदेवीको बायाँ घुडा पतन भई भद्राक्षीदेवी उत्पन्न भइन् , त्यहाँ १२ राशी आई तपस्या गरेर सवै नक्षत्र हाम्रा अधिनमा रहनु भन्ने वरदान मागे पछि देवीले वरदान दिएको ग्रन्थमा उल्लेख छ । जहाँ जहाँ सतीदेवीको अंग पतन भए त्यहाँ पीठ उत्पत्ती भएको विश्वास गरे पछि आराधना गर्न थालियो र यसै प्रसंगमा त्यस ठाउँमा मन्दिर निमार्ण गरी आरधना गर्न थालिएको पाइन्छ ।

सतीदेवीको बाँया घुडा खसेको ठाउँ भनिए पनि यो पीठको विकासमा खासै चासो नदिदा ओझेलमा परेको थियो भद्राक्षी देवी मन्दिरमा पूजा आरधना र प्राकृतीक रमणीय दृश्य अवलोकन गर्न आजभोली धेरै मानिसहरु पुग्ने गरेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र २९ गते बिहिवार
प्रतिक्रिया