ईलाका प्रशासनमा दुई शाखा अधिकृत पद रिक्त

लक्ष्मण विश्वकर्मा,तुलसीपुर,२९ चैत ।

तुलसीपुरको एक सरकारी कार्यालयमा लामो समय देखी दुई वटा शाखा अधिकृतको पद रिक्त भएको छ । ईलाका प्रशासन कार्यालय तुलसीपुरमा दुई वटा दरबन्दि रिक्त हुदा हाल कार्यालयको कामकाजमा समस्या भएको छ । दैनिक जसो सेवाग्राहीको भिडभाड हुने कार्यालयमा दुई जना शाखा अधिकृत नभएपछि सेवा प्रवाहमा समस्या भएको कार्यालयका प्रमुख धन बहादुर केसीले बताएका छन् ।

कार्यालयमा दुई वटा शाखा अधिकृत पदको दरबन्दि भएता पनि अहिले दुवै पद रिक्त भएको छ । कार्यालयका एक जना शाखा अधिकृत गत कात्तिक १ गतेदेखी सरुवा भई गएपछि उक्त पद रिक्त भएको हो । सरुवा भएको ६ महिना वित्न लाग्दा समेत उनको ठाउँमा अहिले सम्म कुनै शाखा अधिकृत आएका छैनन् । त्यस्तै गरी कार्यालयको माग अनुसार गत वर्ष दरबन्दि थप भई स्वीकृत भएपनि हाल सम्म कुनै शाखा अधिकृत नआएको हुदा दरबन्दि थप भएदेखी नै पद रिक्त भएको कार्यालय प्रमुख केसीले बताएका छन् ।

उनका अनुसार ईलाका प्रशासनमा एक जना शाखा अधिकृत र कार्यालय प्रमुखले मात्र सेवा प्रवाहमा कठिनाई भएपछि गृहमन्त्रालयसंग अर्को शाखा अधिकृतको थप दरबन्दि माग गरीएको थियो । दरबन्दि थप भएदेखी नै कुनै शाखा अधिकृत नआएको उनले बताएका छन् । हाल दुवै दरवन्दि रिक्त हुदा कार्यालयबाट हुने सेवा प्रवाहमा कठिनाई भएको उनको भनाई छ । कार्यालयमा दैनिक ५० देखी ६० जना सर्वसाधरण नागरिकता सम्वन्धि सेवा लिन आउने गरेको कार्यालयका सुचना अधिकारी यादब भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार कार्यालयमा दैनिक रुपमा १५ देखी २० सम्म नागरिकताको प्रतिलिपि , पासपोर्ट, नाबालक परिचय पत्र र विभिन्न समुदायहरुको जातिय प्रमाणित लगाएत अन्य सेवा लिन सेवाग्राहीहरु आउने गरेका छन ।।

प्रकाशित मिति : २०७४ चैत्र २९ गते बिहिवार
प्रतिक्रिया