तुलसीपुर २८ चैत ।
तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य दिपक कुमालले जन्मदिनको अवसरमा असहाय बालबालिकालाई सहयोग गरेका छन् । तुलसीपुर १८ बिजौरीमा रहेको असहाय बाल बिकास केन्द्रमा बस्दै आएका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरेका हुन् । बुधबार परेको जन्मदिनको अवसरमा कुमालले असहाय बालबालिकालाई झोला, कपी, कलम वितरण गरेका हुन् ।
उक्त संस्थामा रहेका १३ जना असहाय बालबालिकालाई २६ बर्ष पार गरी २७ बर्षमा प्रबेश गरेको अवसरमा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नु भन्दा असहायहरुलाई सहयोग गर्नुपर्ने उनले बताए । ‘जन्मदिनको नाममा पछिल्लो समय फजुलमा हजारौं रुपैयाँ खर्च गर्ने गरिन्छ’ उनले भने ‘ फजुलमा खर्च हुने उक्त रकम यस्तै असहायको लागि खर्चिय उनीहरुलाई ठुलो राहात पुग्छ ।’ अब जन्मदिनमा अनाबश्यक खर्च गर्ने भन्दा पनि सामाजिक काममा लगाउन प्रेरणादिन आफुले उक्त कार्यको शुरुवात गरेको बताए । ‘ अनाबश्यक खर्च गर्ने अहिलेको प्रचलन अन्त्य गर्नुपर्छ’ उनले भने ‘ सबैलाई प्ररणामिलोस भनी मैले असहाय बालबालिकालाई शैक्षिक सामाग्रि हस्तान्तरण गरेको हुँ ।’
उनले प्रत्येक बर्ष जन्मदिनमा असहाय बालबिकास केन्द्र बिजौरीका बालबालिकालाई २० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख देवराज बिश्वकर्मा, कार्यपालिका सदस्य अमर नेपाली ‘माईकल’, वडा नंबर १८ का अध्यक्ष माधव वली, अखिल क्रान्तिकारी दाङका सह–संयोजक सुवास बस्नेत, असहाय बालबिकास केन्द्र बिजौरीका कोषाध्यक्ष सिमा वलीलगायतको सहभागिता रहेको थियो ।
यसैबीच केन्द्रका अध्यक्ष बिष्णु चौधरीले जन्मदिनमा सामाजिक काम गरेको भन्दै धन्यवाद पनि दिए । उनले जन्मदिनमा अनाबश्यक फजुल खर्च गर्नुभन्दा पनि सामाजिक काममा लगाउनुपर्ने बताए । अब मुलुक नयाँ मार्गमा अगाडि बढिरहेको भन्दै जन्मदिन मनाउने शैलीपनि बदलिनुपर्ने बताए ।