चट्याङ लागेर तीन जनाको ज्यान गयो

तुलसीपुर,२८ चैत ।
झापा उदयपुर र भोजपुरमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छिन् । उदयपुरको उदयपुरगढी गाउँपालिका – ८ बस्ने ४८ वर्षीया कृष्णमाया तामाङको चट्याङ लागेर ज्यान गएको छ । आफ्नै घरमा बसीरहेकी उनलाई मंगलबार साँझ चट्याङ लागेर घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

यता भोजपुरको षडानन्द नगरपालिका – २ भोटेछाप बस्ने २० वर्षीया मुना भट्टराइको आफ्नै घरमा चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ ।

यसैगरी झापाको कचनकबल गाउँपालिका – १ कुटी बजार बस्ने ५५ वर्षीय महेशलाल यादवको चट्याङ लागेर ज्यान गएको छ । बुधबार राति ८ बजेतिर परेको चट्याङले उहाँ गम्भिर घाइते हुनुभएको थियो। उहाँलाई उपचारकालागि लैजाने क्रममा बाटोमै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २८ गते बुधवार
प्रतिक्रिया