महायज्ञको सातौदिनसम्म झण्डै ४ करोड संकलन

तुलसीपुर, २० माघ । दाङको तुलसीपुर स्थित अरनीको मैदानमा संचालित श्रीमदभागवत् ज्ञान महायज्ञको सातौ दिनसम्म झण्डै ४ करोड आर्थिक संकलन भएको छ । सातौ दिन शुक्रबार मात्रै ८३ लाख ७ हजार ३ सय ६ रुपैयाँ आर्थिक संकलन भएको थियो । यस अघि बिहीबारसम्म २ करोड ९८ लाख ६० हजार ८७ रुपैया समेत गरी ३ करोड ८१ लाख ६७ हजार ३ सय ९३ रुपैया सहयोग प्राप्त भएको हो ।

शुक्रबार ववई गाँउपालिकाले ५ लाख ५ हजार ५ सय ५५ रुपैया, तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडाबाट ५ लाख ५ हजार ५ सय ५५ रुपैया, वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कुमार शाह र भाई ललितजंग शाहबाट ५ लाख ५ हजार ५ सय ५५ रुपैया, बिष्णुप्रसाद शर्माबाट ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान प्राप्त भएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिका – १२ बाट २ लाख ३१ हजार, वडा नम्वर १४ बाट २ लाख ११ हजार, वडा नम्वर १६ बाट १ लाख ७५ हजार, वडा नम्वर ३ बाट १ लाख ५१ हजार, वडा नम्वर २ बाट १ लाख ११ हजार, वडा नम्वर १८ बाट १ लाख ११ हजार, वडा नम्वर ८ बाट १ लाख ११ हजार, वडा नम्वर १ बाट १ लाख ११ हजार, वडा नम्वर १० बाट १ लाख ११ हजार र योगेश श्रेष्ठबाट १ लाख १ हजार ५ सय रुपैयाँ शुक्रबार सहयोग प्राप्त भएको हो ।

सडकमा अलपत्र परेका अनाथ, असाहय, असक्त, मानवको स्याहारसुसार तथा पालनपोषणका लागि तुलसीपुरको हलवारमा भवन निर्माण गर्ने उद्देश्यले उक्त महायज्ञ संचालन गरिएको हो । ५ करोड रुपैयाँ आर्थिक संकलन गर्ने उदेश्यले मानव सेवा आश्रम तुलसीपुरको आयोजनामा माघ १३ गतेदेखि महायज्ञ शुरु भएको हो । आज शनिबार परान्ह महायज्ञ समापन गरिने छ ।।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया