
नेपाली प्रबासी समाज साउदी अरेबिया उप–समिति शाखा अल्जोफ परिवारले तुलसीपुरमा संचालन भएकाे श्रीमदभागवत ज्ञान महायज्ञमा ३५ हजार सहयाेग गरेको छ । नेपालमा घर भएका तथा रोजगारिका लागि साउदीमा बस्दै आएका नेपालीहरुले साझा संगठन नेपाली प्रबासी समाज साउदी अरेबियाले ३५ हजार एक सय ८३ रुपैयाँ सहयोग गरेको नेपाली प्रबासी समाज साउदी अरेबिया उप–समिति शाखाअल्जोफका अध्यक्ष मिन प्रसाद धितालले जानकारी दिनुभयो ।
मानव सेवा आश्रमले संचालन गरेको महायज्ञ पवित्र कार्यका लागि भएकाले नेपालीहरुले उठाएर सहयोग गरेको अध्यक्ष धितालले बताउनुभयो । सडक पेटिमा बस्दै आएका सहयोगापेक्षीत व्यक्तीको सुरक्षाका लागि भवन निर्माण गर्ने उद्देश्यले महायज्ञ संचालन गरिएको हो ।
प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार