राजधानी वुटवलमा काम गर्न असहज : केसी

तुलसीपुर, २७ चैत्र
प्रतिनिधि सभाका सदस्य हिराचन्द्रकेसीले दाङलाई प्रादेशिक राजधानी बनाउने कुटनितिक पहल भईरहेको बताएका छन् । दाङ भ्याली बोर्डिङ स्कुल तुलसीपुरले आज तुलसीपुर ६ बरुवागाउँमा आयोजना गरेको सिर्जनाका फुलहरु बार्षिक पत्रिकाको बिमोचन कार्यक्रमलाई सम्वोधन गदै सदस्य केसीले यस्तो बताएका हुन् ।
अस्थायी राजधानी बुटवल भएपनि भौतिक संरचनाको अभावका कारण अहिले काम गर्न असजिलो भईरहेको बताउदै उनले यस विषयमा मुख्यमन्त्रि शंकर पोख्रेल समेत दाङलाई राजधानी बनाउने कुरामा सकारात्मक भएको दावी गरेका छन् ।
सवै दृष्टिकोणले दाङ उपयुक्त भएको बताउदै उनले प्रादेशिक राजधानी दाङको विकल्प नभएको दावी गरेका छन् । विद्यालयका सस्थापक प्रिन्सिपल तिलक शाहुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका केसीले अर्को प्रसङगमा केन्द्र र प्रदेश सरकार कार्य विधेयक र निति निर्माण गर्ने क्रममा रहेको बताएका छन् । सरकारको निति निर्माण पश्चात मुलुक बिधि र सिस्टमबाट सन्चालन हुने उनले बताएका छन् ।
हरेक कामहरु सिस्टम बिना सफल हुन नसक्ने दावी गदै अवको सरकारले सिस्टममा रहेका काम गर्ने बताएका छन् । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडा अधयक्ष नवराज लामीछाने बिद्यालय र बिद्यार्थीहरु विच नङ र मासुको सम्बन्ध हुनु पर्ने बताएका छन् ।
उनले अभिभावक,बिद्यालय र विद्यार्थी मध्यले कुनै एक्लैले मात्र लक्ष्य हासील गर्न नसकीने भन्दै सवैको सम्बन्ध समुधुर हुनुपर्ने बताएका छन् । साथै उनले प्रत्येक घर र विद्यालय बालमैत्री हुनुपर्ने भन्दै शिक्षा संग जोडिएका क्रियाकलापहरुमा आफुहरुको पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा शिक्षाप्रेमी शालिकराम रजौरे, वडा नं. ६ का वडा सदस्य दुजमान भण्डारी, तुलसीपुर उद्योेग वाणिज्य संघका सदस्य पवित्रा केसी,रेडियो पाठशालाका स्टेशन म्यानेजर भागवत पौडेल, बरपिपल टोल विकास संस्थाका अध्यक्ष पदमा चौधरी लगाएतले बोलेका थिए । विद्यालयका शिक्षक नवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक केशवसिंह बुढाथोकीले गरेका थिए । साथै विद्यालयले २०७४ को वार्षिक परिक्षा कक्षा नर्सरी देखी ९ कक्षा सम्मको परिक्षाफल पनि सार्वजनिक गरेको छ । जसमा कक्षा पाँचका निर्मल बुढाथोकीले ९९ प्रतिशत अंक ल्याई बिद्यालय प्रथम भएका थिए । त्यस्तैगरी कक्षा प्रथम हुने विद्यार्थीहरुलाई दोसल्ला ओढाएर सम्मान गरीएको थियो ।
सो अवसरमा आगामी शैक्षिक सत्रका लागी बिद्यालयमा जिम्मेवारी समेत बाँडफाड गरीएको छ । जसमा भाईस प्रिन्सिपलमा केशवसिंह बुढाथोकी, जनसम्पर्क संयोजकमा किशोर अर्याल, शिक्षक संयोजकमा नवराज पोख्रेल, अतिरिक्त क्रियाकलाप तथा खेल संयोजकमा विनोद गिरी, अनुसानमा भवानी निरौला, लेखा सहायकमा शुष्मा भुसाल, प्रि प्राईमरी तह संयोजकमा रिता केसी, प्राईमरी तहमा माला गुप्ता, कक्षा ६,७ र ८ को संयोजक सपना लामीछाने र यातायातमा घनश्याम चौधरीलाई जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया