काठमाडौं, २७ चैत ।
मन्त्रिपरिषदको बैठक विना निष्कर्ष सकिएको छ । नयाँ प्रहरी प्रमुखको बारेमा छलफल गर्नका लागि मन्त्रिपरिषदके बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुरा नमिलेपछि आज मन्त्रिपरिषद बैठकले प्रहरीको प्रमुख छान्न सकेन् । ओली र प्रचण्डबीच कस्लाई आईजिपी बनाउने भन्ने कुरा बाझिँदा गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव पेश नगरेको बताइएको छ । ओलीको रोजाईमा डीआइजी पुष्कर कार्की र प्रचण्डको रोजाईमा सर्वेन्द्र खनाल परेको स्रोतको दाबी छ ।
यद्यपि मंगलबार बिहान बढुवा सिफारिस समितिको बैठकमा नयाँ प्रहरी प्रमुखको विषयमा छलफल भएको थियो । तर, प्रधानमन्त्रीले मुख नखोलेका कारण प्रक्रिया लम्बिएको स्रोतले बतायो ।नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की दाबेदार छन् भने सशस्त्रमा शैलेन्द्र खनाल र पर्शुराम केसी मुख्य दाबेदार छन् ।