युवाहरुलाई स्वरोजगार बनाउनुपर्छ: वडाध्यक्ष ओली

तुलसीपुर,२७ चैत ।

तुलसीपुर १८ युवा संजालको आयोजना र वडा कार्यलयको आर्थिक सहयोगमा २० दिने प्राबिधिक हाउस वाइरिङ तालीमको उद्घाटन गरिएको छ । संजालका अध्यक्ष गणेश खड्काको अध्यक्षतामा एबं वडा अध्यक्ष माधव ओलिको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि वलिले युवाहरुलाई स्वरोजगार बनाउनको लागि यस्ता तालिमहरुको आयोजना गरिएको बताएका छन । वडामा समूहगतमा ब्यवसायी सन्चालन गर्न चाहने युवा र किसानहरुलाई यस वडा कार्यालयले र्निव्याजे ऋणको ब्यवस्था मिलाउन लागिएको उनल बताएका छन ।

कार्यक्रममा अनोसंघकि प्रदेश नं ५ कि सदस्य ज्वाला पौडेल, नेकपा एमाले कि १८ नं वडा इन्चार्ज चित्रा धिताल, बिजौरी उद्योग बाणिज्य संघका अध्यक्ष मुकेश वलि, वडा सदस्य जुगुन्या चौधरी लगायतका वक्ताहरुले युवाहरूलाई अरुको देशमा श्रम खर्च गर्ने परिपाटीलाई अन्त्य गर्न यस्ता तालिमहरुको आवस्यकता रहेको कुरामा जोड दिएका थिए ।

संजालकि उपाध्यक्ष पशुपति चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण सन्जालका सह सचीव सुबोध रेग्मीले गर्नुभएको थियो । तालिम ०७५ बैशाख १६ गते सम्म चल्ने छ । तालिममा ३० जना युवाहरुले सहभागी जनाएका छन भने तालिमको प्रशिक्षकमा स्वर्गद्वारी बिद्युत कम्पनिका दिपक केसी रहेका छन ।

प्रकाशित मिति : २०७४ चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया