तुलसीपुरमा एकीकृत शहरी विकास योजना निर्माण

तुलसीपुर २६ चैत्र ।
तुलसीपुर उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका वारेमा तुलसीपुरम छलफल गरिएको छ । नगरको एकीकृत विकासका साथै वृहत योजना निर्माणका लागि तयार पारिएको योजनाका वारेमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको वृहत विकासका लागि कस्तो योजना वनाउन सकिन्छ भन्ने वारेमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना र एकीकृत शहरी विकास योजनाको परार्शमा कार्यक्रम भएको थियो । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाको वस्तुस्थिति र भविष्यको रणनीतिक योजनामा अध्ययन गरिसकिएको पहिलो स्थलगत रिपोर्ट प्रस्तुत गरिएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टोपेन्द्र वहादुर केसीले नगरलाई समृद्ध वनाउनका लागि वृहत योजनाको खाँचो रहेको वताएका थिए ।

दीर्घकालिन विकासका लागि रणनितीक तवरले अगाडि वढ्नुपर्ने आवश्यकता रहेको कार्यक्रममा वोल्ने वक्ताहरुले वताएका थिए । कार्यक्रममा उपमहानगरका विपदव्यवस्थापन तथा वातावरण शाखाको संयोजक नवराज लामिछाने, उपमहानगरका इन्जिनियर पवन योगी,एकिकृत शहरी विकास योजनाका योजनाकार सरोज पौडेल, सिभिल इन्जिनियर दिवस पौडेल र आइटि विशेषज्ञ नविन थापा लगायतले वोलेका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र २६ गते सोमवार
प्रतिक्रिया