तुलसीपुर,२६ चैत ।
प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसिले कृषि उत्पादनलाई जोड दिनु पर्ने बताएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र तुलसीपुर उपमहानगरपलिका १० को समुक्त आयोजना नँयाबार्षको अवसरमा चैलाहीमा भएको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै केसिले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संसाद केसिले कृषि क्षेत्रमा दाङ उपयुक्त भएको भन्दै कृषिमा लगानी गर्ने निकायहरु संग सहकार्य भैरहेको बताएका छन् । उनले कृषिबाट नै आर्थिक रुपमा समृद्ध बन्न सकिनेमा जो डिएका थिए ।
वडा कमिटि अध्यक्ष आत्मराम धितालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल ओलि,माओवादी केन्द्रका नेता शेसुराम भण्डारी , खुसिराम चौधरी , नेकपा एमाले दाङका सदस्य बिनोद सर्मा , नेकपा एमालेका नेता कमल केसि , वाइसीएल दाङका सचीव माधव बुढाथोकी , अनेम सघ नेपाल क्षेत्र न ३ का अध्यक्ष पुस्पा लामिछाने , माओवादीका तुलसिराम बस्नेत , लगाएतकाले बोल्नु भएको थियो ।
नन्दन रोकायको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचीव सन्तोष ओलिले गरेका थिए ।