तुलसीपुर, २६ चैत्र ।
स्वर्गीय पूर्व राजा वीरेन्द्र शाहको सालिक (मूर्ति) सुरक्षाका लागि निर्माण गरिएको बाहिरी भाग भत्काइएको छ । भत्काइएको ठाउँलाई अहिले पनि वीरेन्द्र चोक भन्ने गरिन्छ । वीरेन्द्रको सालिकको सुरक्षाका लागि वरिपरी बाहिरी भाग निर्माण गरिएको थियो । उक्त बाहिरी भागलाई तुलसीपुर उपमहानगरपालिकाले भत्काएको हो । विच सडकमा भएको बाहिरी भागका कारण सडक साँगुरो भएका कारण गाडीलाई मोड्न (घुमाउन) नपुग्ने गुनासो आएपछि डोजर लगाएर फालिएको तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडाका प्रवक्ता सुरेश श्रेष्ठले जानकारी दिए । शालिक अड्याएको स्तम्भ भने जस्तोको तस्तै राखेर आकार सानो वनाउने उनले श्रेष्ठले बताए ।
२०६२/०६३ को जनआन्दोलनका क्रममा तत्कालीन माओवादीका कार्यकर्ताले वीरेन्द्रको सालिक तोड्फोड गरेर हटाएका थिए ।
यसैविच तुलसीपुर क्षेत्रका स्थानीयले भौतिक पुर्वाधारको विकास गर्दा गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरेका छन् । दशकौ अघि निर्माण गरिएको संरचना भत्काउँदा जेसीवीलाई निकै समय खर्चिनु परेको थियो । ‘भौतिक संरचना निर्माणगर्दा वीरेन्द्र चोक जस्तो बलियो हुनुपर्छ, स्थानीय चेतहादुर केसीले भन्नुभयो, बर्षौ पुरानो संरचना भत्काउन नगरपालिकाको डोजरलाई दुई दिन समय लाग्यो तर आज भोली बनाइएका संरचना २÷३ महिना नपुग्दै भत्कीन्छन् ।’ डोजरले बाहिरी भाग भत्काउन लागेको समयमा सर्वसाधारणको भिड लागेपछि प्रहरीले उनिहलाई हटाएको थियो ।