तुलसीपुर कारागारमा १३ विदेशि नागरीक

लक्ष्मण विश्वकर्मा,तुलसीपुर २६ चैत ।
कारागार कार्यालय तुलसीपुरमा तिन सय भन्दा वढि कैदीबन्दिहरु रहेका छन् । आफुले गरेको अपराधको सजाय कटाउन कारागारमा अहिले तिन सय पच्चिस जना कैदीबन्दि रहेको कार्यालयका निमित्त प्रमुख रुद्रमणि खरेलले जानकारी दिएका छन् । विभिन्न जिल्ला अदालतबाट मुद्धाको टुङगो लागेर उनिहरुले एक महिना देखी बिस वर्ष सम्मको कैद भुक्तान गरीरहेका छन ।

यसका साथै कारगारमा १३ जना बिदेशी नागरिकले समेत सजाय भोगिरहेका छन । कारागारमा एक÷एक वर्षका दुई नाबालक र सत्ताईस् जना महिला कैदिहरु रहेका छन् । विभिन्न मुद्धामा जेल सजाय भोगिरहेका मध्य सवैभन्दा वढि जवरजस्ती करणीमा १ सय ७ कैदी रहेका छन् ।

त्यस्तैगरी कर्तव्य ज्यान सम्वन्धि ६९ जना ,लागुऔषध ओसारपसार सम्वन्धि ६६ जना , मानव बेचबिखन सम्वन्धि १७ जना, डाँकाचोरी सम्वन्धि १० जना, चोरी सम्वन्धि १२ जना रहेको कार्यालयका निमित्त प्रमुख खरेलले जानकारी दिएका छन् । त्यस्तैगरी अपहरण सम्वन्धि १० जना, ज्यान मार्ने उद्योगमा आठ ८, बहुविवाहमा ४ जना र हाडनाता करिणी सम्वन्धि ३ जना रहेको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र २६ गते सोमवार
प्रतिक्रिया