चैलाहीमा सांस्कृतिक कार्यक्रम हुदै,सांसद केसीले सम्बोधन गर्ने

तुलसीपुर,२५ चैत ।
एमाले र माओवादी केन्द्र तुलसीपुर १० को आयोजनामा सोमवार सांस्कृतिक कार्यक्रम हुदै छ । २०७५ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विविध सस्कृतीक कार्यक्रम हुन लागेका एमाले वडा कमिटिका अध्यक्ष आत्मराम धिताले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा प्रमुख अतिथिकोरुपमा प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी आउने कार्यक्रम रहेको छ । कार्यक्रममा राष्टीय परीषद सदस्य कोमल ओली लगाएतको सहभागिता हुने छ ।

भोली हुने कार्यक्रममा उपस्थितिको लागि आयोजकले सबैमा अनुरोध गरेको छ । कार्यक्रम तुलसीपुर १० चैलाही दुर्गा भगबती प्राङगणमा हुने भएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २५ गते आइतवार
प्रतिक्रिया