आफ्नै बहिनीलाई करणी गर्ने दाङमा पक्राउ

तुलसीपुर,२५ चैत ।
आफ्नै सहोदर ९ बर्षिय बहिनीलाई जबरजस्ती करणी गर्ने एक व्यक्ति दाङमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख रामघाट गाउँपालिका वडा नं.१ घर भई हाल घोराही उपमहानगरपालिका वडा नं.४ गोग्ली स्थित डेरा गरी बस्ने वर्ष २३ को परिवर्तित नाम दाङ ५६(ष) २ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनले आफ्नै सहोदर बर्ष ९ की बहिनी परिवर्तित नाम दाङ ५६(ष) लाई रातको समयमा खेतमा लिई जबरजस्ती करणी गरी फरार रहेका थिए । उनलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

यसवारे जबरजस्ती करणी मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र २५ गते आइतवार
प्रतिक्रिया