प्रधानमन्त्री ओलीको भारत भ्रमण आज देखि

काठमाण्डौं,२३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि आज भारतको नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली बिहान ९ बजे नेवाल वायुसेवा विमानबाट नयाँ दिल्ली जानुहुनेछ । पहिलो पटक नेपाली कलाकारलाई समेत औपचारिक रुपमा भ्रमण टोलीमा समावेश गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्रीको भ्रमण टोलीमा ४५ जना सदस्य रहनेछन् ।

अजरवैजानमा रहनु भएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही परराष्ट्र अधिकारीहरु भने उतैबाट सीधै नयाँ दिल्ली पुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । आज साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले पर्सि भोलिबाट मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुनेछ । भ्रमणको दोस्रो दिन बिहान राष्ट्रपति राजनाथ कोविन्द, विदेशमन्त्री सुस्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने प्रधानन्त्री ओलीले बिहान साढे ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री मोदीसँग एकल र सामुहिक छलफल हुनेछ । सामूहिक तथा एकल भेटवार्ता पछि संयुक्त वक्तव्य जारी गर्दै दुबै मुलुकका प्रधानमन्त्रीले केही सम्झौता पत्रमा हस्ताक्षर गर्ने तथा एकीकृत भन्सार चौकीको उद्घाटन गर्ने कार्यक्रम छ । भोलि अपराह्न चार बजेबाट भने प्रधानमन्त्री ओलीले भारतीय नेताहरुसँग छुट्टाछुट्टै तथा सामूहिक भेतवार्ता गर्नुहुनेछ ।

पर्सी बिहान पट्नागरमा जीपी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकन गर्ने प्रधानमन्त्री ओली साँझ ६ बजे काठमाडौं फर्कनु हुने उहाँको सचिवालयले जनाएको छ छ ।

प्रकाशित मिति : २०७४ चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया