तुलसीपुर,२२ चैत ।
वन मुद्धामा फरार ब्यक्ति पक्राउ परेका छन । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं.७ रनियार बस्ने मनिराम चौधरीका छोरा बर्ष २४ का कान्तुराम चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई वन पैदावार ओसार पसार मुद्धामा दाङ देउखुरी जिल्ला अदालतले २०७२ साल बैशाख २७ गते ६ महिना कैद सजाय र २१ हजार ४ सय ५६ रुपैया जरिवाना सुनाएको थियो ।
उनले १४ दिन पुर्पक्षका क्रममा थुनामा बसी छुटेको र जरिवाना समेत दाखिला गरेको हुदा बाँकी ५ महिना १६ दिनको कैद भुत्तानको लागि अदालत पठाईएको जिल्ला प्रहरी काार्यलय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७४ चैत्र २२ गते बिहिवार