टेलिफोन सेवा किन अवरुद्ध छ ?

तुलसीपुर,२२ चैत ।

दाङ सहित सल्यान ,रुकुम र जाजरकोट जिल्लामा आज विहान देखी फोन सेवा अवरुद्ध भएको छ । मरेको गोरु गाड्नलाई खाडल खन्ने क्रममा टेलिकमको अप्टिकल फाईवर तार काटीदा समस्या भएको दुर सञ्चार कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर घोराही सडक खण्ड अन्र्तगत रतनपुर नजिकै मरेको गोरु गाड्नलाई खाडल खन्ने क्रममा तार काटीएको नेपाल दुर सन्चार कार्यालय तुलसीपुरका प्रमुख बलराम जोसीले जानकारी दिएका छन् । तार काटिएको स्थानमा मर्मत कार्य भईरहेको छ । उनका अनुसार मर्मत कार्य भईरहेकाले आज बेलुका सम्म सेवा सन्चालन आउने जनाइएको छ । तार काटिएको कारण नेपाल टेलीकम मार्फत हुने सम्पुर्ण सेवा अवरुद्ध हुदा हजारौ सेवाग्राहीहरु मर्कामा परेका छन् । आज विहान घोराहीको रतनपुरमा गाडिको ठक्करबाट गोरु मरेकोे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

प्रकाशित मिति : २०७४ चैत्र २२ गते बिहिवार
प्रतिक्रिया