काठमाडौं, चैत २१ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आउँदो वैशाख १ गतेदेखि सरकारले उपलब्ध गराएका अन्य सुरक्षाकर्मीहरुलाई फिर्ता पठाउने निर्णय गर्नुभएको छ । व्यक्तिगत सुरक्षा अधिकृत बाहेक अरु सुरक्षाकर्मी पठाउने निर्णय गर्नुभएको उहाँका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
भट्टराईले अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षाको नाममा धेरै जनशक्ति दुरुपयोग भएकोले यसमा सुधारका लागि नियम पुनरावलोकन गर्न सरकारसँग आग्रह पनिगर्नुभएको छ ।
उहाँले केही हप्ताअघि गृहमन्त्री र विशिष्ट व्यक्तिहरुको सुरक्षा हेर्ने नेपाल प्रहरीर सशस्त्र प्रहरीको सुरक्षा सेवा निर्देशनालयका प्रमुखसँग भेटेर यस्तो आग्रह गर्नुभएको पाण्डेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७४ चैत्र २१ गते बुधवार