गाँउमा कुवा सुक्न थालेपछि खानेपानीको समस्या

हिरा गौतम,तुलसीपुर २१ चैत ।

गर्मिमौसम सुरु भए संगै तुलसीपुर क्षेत्रका केहि स्थानमा खानेपानीको समस्या हुन थालेका छन् । तुलसीपुर १० स्थित गौरीनगर टोलमा गर्मि सुरु भएसंगै पानीको कुवा सुक्न थालेपछि पिउनेपानीको अभाव देखीएको हो । उक्त गाउँमा पानीको धारा नहुदा त्यस टोलका वासीन्दाले सधै कुवाको पानी प्रयोग गदै आएका छन् ।

प्राय कृषि पेशा गर्ने किसानहरु भएकाले पशुचौपाय लाई पानी खुवाउन समेत समस्या हुने गरेको स्थायि लोकराज डाँगीले बताएका छन । यस्तै पिउने पानी तथा नुहाउनका लागी समस्या हुने गरेको उनको भनाई छ । आफुहरुले ठुला लगानी लगाएर कुवा खनाएपनि गर्मियाममा सधै समस्या भोग्नु परेको मिना वलीले बताएकी छिन् ।

उनले कुवा जति गहिरो खनेतापनि गर्मिमा सुक्ने भन्दै खानेपानीको धाराको लागी पहल गरिदिन सम्वन्धित निकायलाई आग्रह समेत गरेकी छिन् ।

फाईल फोटो

 

प्रकाशित मिति : २०७४ चैत्र २१ गते बुधवार
प्रतिक्रिया