वन अतिक्रमण गरेको भन्दै दाङमा दुई जना पक्राउ

तुलसीपु,२० चैत ।

सरकारी वन अतिक्रमण गरेको अभियोगमा दाङमा दुई जना पक्राउ परेका छन । सरकारी वनको जग्गामा मेसिन लगाएर वन जंगल नष्ट गरी ईट्टा निर्माण गर्न प्रयोग गर्दै आएको पाइएपछि पक्राउ गरेको जिल्ला वन कायालय दाङका प्रमुख सुर्यकान्त सिग्देलले जानकारी दिए ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ४२ वर्षीय राजु बहादुर चौधरी र जहरे निवासि कृष्ण बहादुर यादव रहेका छन । उनिहरुलाई ईलाका वन कार्यालय सतवरीयाले पक्राउ गरेको हो । यसवारेमा थप अनुसन्धान थालिएको जनाईएको छ ।।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया