‘तुलसीपुर दोघरे सडकमा गाडी चलाउन कठिन’

तुलसीपुर १९,चैत
तुलसीपुर देखी पश्चिम सुर्खेत जाने प्रमुखद्धार मानीएको दोघरे आसपासका क्षेत्रमा रहेको वाटो विग्रीएर खाल्टाखुल्टी परेपछि स्थानिय वासीन्दाहरु आक्रोसित भएका छन । उनिहरुले तत्काल वाटो मर्मत नगरिए अनिस्चीत कालीन वाटो वन्द गरिने चेतावनी दिएका छन ।
तुलसीपुर पातुखोलाको पुलवाट पश्चिम एक किलोमिटर वाटो पुरै खाल्टाखुल्टी भएर धुलाम्मे सडकको रुपमा परिणत भएपछि स्थानिय वासीन्दाहरु आक्रोसित भएका हुन । वाटो निर्माण गरेको दुइवर्ष नपुग्दै दुइपटक मर्मत गरीसकेको सो वाटोमा पुनःखाल्टाखुल्टी परेपछि मर्मतका लागी दवाव दिन स्थानिय वासीन्दाहरु जागरुक भएका छन । त्यस क्षेत्रमा परेका खाल्टाखुल्टी झण्डै ३०इन्चसम्मका रहेको स्थानिय वासन्दाहरुको दावी छ ।
स्थानिय लोकराज न्योपानेले भन्नुभयो –‘तुलसीपुर उपमहानगरपालीकाका मेयर दिनहु हिड्नेवाटोमा गाडी हिड्नै नसक्ने गरी खाल्टाखुल्टी परेपछि सडक डिभिजन कार्यालयलाइ दवाव दिन नसकेको जस्तो देखियो यस तर्फ मेयरको ध्यान जानुप¥यो ।’ तुलसीपुर वसपार्क देखी पश्चिम एककिलोमिटर परसम्म सयौँ खाल्टाखुल्टी रहेको न्यौपानेले वताउनु भयो । ‘कालोपत्रे वाटो हो भन्न पनि लाज लाग्न थालीसक्यो ग्रयावेल वाटो भन्दा पनि विग्रेकोले हिड्न अप्ठयारो भएको छ ।मोटरमा हिड्नेले यसको मर्म वुझ्न नसकेपछि सर्वसाधारणलाइ सास्ती भएको छ ’ स्थानिय भरत डाँगीको आक्रोस थियो । मर्मत नभएर परेका खाल्टाहरु ३०इन्चसम्मका भएको डाँगीको दावी थियो ।


तुलसीपुरलाइ स्र्माट सिटीका रुपमा विकाश गर्ने मेयर घनश्याम पाण्डेको भाषण सुनेका पश्चिम क्षेत्रका सर्वसाधरणहरु मेयर पाण्डेको स्र्माटसिटीको भाषणलाइ विग्रेको वाटोले गिज्याइरहेको प्रतिक्रिया दिए ।स्थानिय लिला के.सीले भन्नुभयो –स्र्माटसिटी हरेक क्षेत्रमा गराउने गरी काम गरिरहनुभएका मेयर पाण्डेले पहिलो चरणमा वाटो स्तर सुर्धान तिर लाग्नुपर्ने सुझाव दिनुभयो । ।वनाएको केही समयपश्चात नै विग्रीहाल्ने गरेको सो वाटो टिकाउका लागी सवै पक्षले विशेष ध्यान दिनुपर्ने आवाज
पश्चिम जाने सो वाटो विग्रको लामो समयपश्चात सडक डिभिजन कार्यालयले चासो देखाएको छ।सडक डिभिजन कार्यालय दाङले पुलदेखी पश्चिम एक किलोमिटर क्षेत्रको वाटोको अध्ययन गरीसकेर टेण्डर निकाल्ने तयारीमा रहेको डि. इञ्जिनियर वद्री प्रसाद शर्माले वताउनु भयो । ढिलोमा भोली (विहीवार) सम्म टेण्डर निकालेर मर्मत कार्य गरिहाल्ने उहाँले वताउनु भयो ।

प्रकाशित मिति : २०७४ चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया