तुलसीपुर,१९ चैत ।
तुलसीपुर बजारमा जडान गरीएका सिसि क्यामरा विग्रिएका छन । सिसि क्यामराले काम गर्न छोडेको लामो समय भईसक्दा पनि मर्मत गर्नका लागि तुलसीपुर उपमहानगरपालीकाले चासो दिएको छैन । शान्ती सुरक्षा लाई मध्यनजर गर्दै जडान गरीएका सिसि क्यामरा विगिर्एको एक बर्ष भन्दा बढि भैसकेकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटा बताउछन ।
क्यामराको कन्टोल रुम ईलाका प्रह्री कार्यालय तुलसीपुरमा राखिएको छ । तर यति लामो समय सम्म क्यामरा मर्मत नहुदा बजारमा सुरक्षा चुनौति थपिएको उनको भनाई छ । २०७१ साल भाद्रमा बजारका तिन ठाउमा उक्त क्यामरा जडान गरीएका हुन । तर विग्रिएका क्यामरा मर्मतमा ढिलाई भएको आमनागरीकको भनाई छ ।
यसवारेमा बुझ्दा अव चाडै नै मर्मत गरीने तुलसीपुर उपमहानगरपालीकाका प्रशासकिय अधिकृत टोपेन्द्र केसी बताउछन । तुलसीपुरलाई स्मार्ट सिटिका रुपमा विकास गर्ने भनिन्छ तर विग्रिएको बर्षौदिन पुग्दा पनि किन क्यमारा मर्मत हुदैनन् आमनागरीकमा प्रश्न उब्जीएको छ ।
फाईल तस्वीर