बैशाख ९ गते एमाले माओवादी पार्टी एकता घोषणा हुन्छ : नेता श्रेष्ठ 

राजेन्द्र न्यौपाने

पालुङटार १८ गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २०७५ साल बैशाख ९ गते एमाले र माओवादी पार्टी वीच एकताको घोषणा हुने बताएका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने र आफ्नै झण्डा विधान रहने उनले बताए ।  पालुङटार नगरपालिका वडा नं. ६ स्थित तालदेवि युवा क्लवले गरेको वृहत साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले भने , समाज र विकास विरोधी बाहेकका सबै कामहरु गर्न अहिलेको कम्युनिष्ट सरकार तयार छ , यसका लागि हामी बैशाख ९ गते नै पार्टी एकता घोषणा गर्ने तयारीमा जुटेका छौं । यो देशको विकास र समृद्धिको फल सबै नेपाली जनतालाई दिनका लागि कम्युनिष्ट सरकार आतुर रहेको भनाई श्रेष्ठको छ ।  त्यसका लागि आफू केही दिन काठमाण्डौ रहने उनले बताए ।

प्रकाशित मिति : २०७४ चैत्र १८ गते आइतवार
प्रतिक्रिया