शान्ती सरु,तुलसीपुर,१८ चैत ।
दाङ तुलसीपुर उपमहानगरपालीका १८ दुधरास निवासि टिका चौंधरीले आफ्ना श्रीमानको शव नेपाल ल्याईदिन आग्रह गरेकि छिन । गएको पुस २९ गते साउदीमा ज्यान गुमाएका श्रीमान प्रदिप चौधरीको शव अझै नेपाल नआएको हुदा उनले यस्तो आग्रह गरेकि हुन । परिवारको सुखी जीवन बनाउन उनि २०७३ चैत्र महिनामा साउदी गएका थिए ।
अल समीट इन्टरनेशनल प्राईभेट कम्पनी अनामनगर काठमाण्डौ मार्फत उनि त्यहा गएका हुन । उनको शव ल्याउन पटक पटक मेनपावरमा धाउदा पनि कम्पनीले कुनै चासो नदिएको उनका भाई शिव चौधरीले बताए । चौधरीका अनुसार मेनपावरले मृतकको नाम फरक परेकोले शव नेपाल ल्याउन ढिलाई भएको जनाएको छ ।
साथै चौधरीको परीवार यतिवेला आर्थिक संकटमा परेको जनाइएको छ । विदेश जादा लागेको ऋण तिर्न नपाउदै श्रीमानको ज्यान गएपछि उनको परीवार झनै समस्यामा परेको हो । घरमा कमाई गर्ने मान्छे नै नभएपछि छोरा छोरीको पालन पोषण तथा शिक्षा दिन समस्या भएको चौधरीले बताएकि छिन ।