मन्दीर निर्माणका लागि शितलपुरमा महापुराण

तुलसीपुर,१७ चैत ।
तुलसीपुर १२ मा रहेको शिद्धेश्वरी शिवमन्दीर शितलपुरले शिव पुराण लगाउने भएको छ । शिव मन्दीर पुरानो तथा जिर्ण भएको भन्दै मन्दीर निर्माणका लागि महापुराण लगाउन लागिएको हो । २०७५ बैशाखमा लाग्ने महापुराणबाट ५० लाख रुपैया बचत गर्ने लक्ष्य आयोजकले लिएको छ ।

जसका लागि शक्ति कुमार शर्मा संयोजक रहेको ३ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरिएको स्थानिय शिक्षक चिन्ता बहादुर गिरीले जानकारी दिएका छन । जस्को सचिबमा लिलाधर डागी,कोषाध्यक्षमा हरीहर पौडेल लाई चयन गरीएको छ ।

मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर गिरीको अध्यक्षतामा बसेको बैठकले उक्त समिति गठन गरेको हो । साथै मुल आयोजक समितिको बैठक चैत २४ गते बस्ने र अन्य उपसमिति गठन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र १७ गते शनिवार
प्रतिक्रिया