सुधासुमन ढकाल , तुलसीपुर चैत १७ ।
सञ्चार माध्यमहरु महिलामैत्री हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । आज तुलसीपुरमा आयोजीत प्रेस चौतारी नेपाल दाङको महिला भेलाका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन । साथै उनिहरुले महिलाहरुलाई पत्रकारीता पेशामा टिकाई राख्न सञ्चार माध्यमहरु महिलामैत्रि हुनुपर्ने आवश्यकता औंल्याएका छन । महिला विभाग प्रमुख सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले पत्रकार महिलाहरुलाई गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्नेेमा समेत जोड दिएका छन ।
पत्रकार महिलाहरुको स्वास्थ्य अवस्थामा आउने विशेष अवस्थामा उचित विदा, डिउटी व्यवस्थापन र सेवा सुविधा प्रदान गर्न समेत सञ्चार माध्यमका सञ्चालकहरु संग आग्रह गरेका छन । प्रेस चौतारी दाङका जिल्ला सदस्य दिप्तीशिखा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा प्रमुख अतिथि नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख शरद अधिकारी, विशिष्ट अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासन, सल्लाहकार दुर्गालाल केसी, अध्यक्ष टिका बस्नेत, उपाध्यक्ष संगित बस्याल, महिला विभागका सल्लाहकारहरु रिता लामा, बिमला केसी, बिनु दाहाल लगायतकाले बोलेका थिए ।
यसैबिच भेलाले सुधासुमन ढकालको संयोजकत्वमा अठार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जस्को सहसंयोजकमा रमा पोख्रेल, सचिवमा बिमला घर्ति, कोषाध्यक्षमा दिप्तीशिखा चौधरी, सह सचिवमा सबिता सुनार रहेका छन । यस्तै सदस्यहरुमा सुनिता विश्वकर्मा, शान्ती सरु चौधरी, मिना विश्वकर्मा, दिपा विसी, सुरक्षा चौधरी, सुष्मा नेपाली, सुहाना सुनार, कमला परियार, टिका भण्डारी, हिरा गौतम, लिला भण्डारी, जया पाण्डे, कृतिका शर्मा रहेका छन ।
त्यसैगरी सल्लाहकारहरुमा रिता लामा, राधा पौडेल, रञ्जिता शर्मा, बिमला केसी, सुनीता चौधरी, सरिता सुबेदि, देबिका घर्ति मगर र विनु दाहाल रहनुभएको छ । साथै भेलाले यहि चैैत ३० गते घोराहिमा हुने भेलालाई सफल बनाउन सबैसंग आग्रह समेत गरेका छ ।।