सुरेश श्रेष्ठ
तुलसीपुर १७ चैत्र/ स्वाथ्यकर्मी पार्वता आचार्यको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ दाङमा एक लाख एघार हजार एक सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको छ । श्रीमान बसन्तकुमार आचार्यले जिल्लामा स्वास्थ्य सम्बन्धि कलम चलाउने एक जना पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गर्ने गरि पत्रकार महासंघमा अक्षयकोष स्थापना गरिएको जानकारी दिए । शनिवार नेपाल स्वास्थ्यकर्मी संघले गरेको श्रद्धाञ्जली सभामा आचार्यद्वार अक्षयक्ष कोषको घोषणा गरिएका हो ।
स्वास्थ्यबाट आउने समस्याहरुको सचेतनालाई सञ्चार माध्यमले महत्व दिए सबै सचेत हुने उनको भनाई छ । पार्वतीको पनि स्वास्थ्य समस्याकै कारण निधन भएको हुँदा स्वास्थ्य क्षेत्रमा कलम चलाउनेलाई अक्षय कोषबाट पुरस्कार प्रदान गरिने गरि अक्षयकोषको स्थापना गरेको आचार्यले जानकारी दिए ।
स्वास्थ्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले यसको पनि पत्रकारिता क्षेत्रबाट प्रचार होस भन्ने उदेश्सय अध्यक्ष कोष स्थापना गरिको आचार्यले वताए । स्वर्गीय पार्वती स्टाप नर्स हुन । उनको उपचारको क्रममा काठमाडौमा मृत्यु भएको थियो ।
यसै बीच संघका जिल्ला अध्यक्ष बसन्त आचार्यकी धर्मपत्नी पार्वता आचार्यको नेपाल स्वास्थ्यकर्मी सघ दाङले संघका केन्द्रिय अध्यक्षको उपस्थितिमा श्रद्धाञ्जली सभा गरेको छ । श्रद्धाञ्जली सभामा संघका केन्द्रीय अध्यक्ष रामजी घिमिरेले आचार्यको निधनले संघलाई स्तब्ध पारेको बताए ।
कार्यक्रममा संघका प्रादेशिक संयोजक हरिहर तिवारी, हरि पुन, किशोर आचार्य लगायतकाले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा सञ्चालन संघका जिल्ला सचिव विष्णु लामिछानेले गरेका थिए ।